Connect with us
Kapilvast Forest

तातोपानी आइपुग्यो २५ सय सिलिण्डर अक्सिजन,आजै काठमाडौं आइसक्‍ने

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –नेपालमा अक्सिजनको अभाव भएपछि तातोपानी नाकाबाट २५ सय सिलिन्डर अक्सिजन नेपाल आइपुगेको छ। १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो।

चीनबाट आजै नेपाल प्रवेश गरेको आठवटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिन्डर र एकवटामा माक्स लगायतको स्वास्थ सामग्री नेपाल आइपुगेको हो। बाँकी ५ कन्टेनरमा भने स्याउ आइपुगेको हो।

तातोपानी भन्सार कार्यालयका अनुसार ती सामाग्री आयातकर्ताले आजै काठमाडौं पुर्‍याउनेछन्। स्वास्थ्य सामग्री क्युमा पनि नराखिने र राजस्व पनि नलाग्ने भएकोले छिट्टै नै भन्सार प्रक्रिया पूरा गरेर पठाईने भन्सार कार्यालयले जनाएको छ। ‘

तातोपानी नाकाबाट आज पहिलोपटक अक्सिजन सिलिन्डर नेपाल प्रवेश गरेको हो’ तातोपानी भन्सारका प्रमख भन्सार अधिकृत नारद गौतमले भन्नु भयो ‘यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।‘

कुल ७५ सय सिलिन्डर खरिद गरिएकोमा २५ सय सिलिन्डर आइसकेको र ५ हजार सिलिन्डर खासामा आइपुगेको सिल्क ट्रान्सपोर्टले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu