उहाँले लेख्नुभएको छ,-बिगतमा एमाले बिभाजन हुँदा माधब नेपाल , झलनाथ र केपि ओलिले एमाले र बामदेव गौतम ,सीपी मैनाली अनि अशोक राइ आरके मैनाली आदि भएर माले गरी दुई पार्टी बने तर तत्कालै ती दुबै समुह भित्र ३ महिनामा नयाँ नयाँ समुह जन्मेका थिए । यता एमालेमा नेपाल र ओलि समुह र उता मालेमा गौतम र मैनाली समुहमा बिभाजित भए र अन्ततः सीपीको अलग्गै निजि पार्टी बन्यो जुन अहिले पनि निर्वाचन आयोगमा दर्ता कायमै छ । एमाले भित्रको नेपाल ओलि गुटको चरम गुटबन्दी भने बामदेवको माले पुन एमालेमा फर्के संगै मत्थर भइ पुन बिभाजन रोकिएको थियोे । एक अर्का लाई सिध्याउन हिडेका / लागेका माले एमाले आफै भित्र पुन गुटको सिकार भएको दृष्टान्त लाई स्मरण गरौ । त्यसैले दुबै तर्फका उर्जाशिल साइबर योद्धाहरु आफ्नो उर्जालाई फुटाउने तर्फ होइन जुटाउनेमा लगाउनु नत्र पछि आफैले आफ्नै बिगत संझेर पछुतो मान्नुपर्ने छ । संस्थाहरु जति साना र सागुरा हुन्छन् त्यति समस्याग्रस्त हुन्छन् भने पार्टी संस्था जति ठुला र फराकिलो हुन्छन् तीनको संचालनमा त्यति बढी बिधि र प्रक्रियाको खाचो पर्छ ।