Connect with us
Kapilvast Forest

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै

२०७८, ३ असार बिहीबारमा प्रकाशित

 

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाए बताए छ।समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक विहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु हुनेछ। बैठकमा निर्वाचन आयोगविरुद्ध अदालत जाने विषयमा निर्णय हुने कार्यकारिणी समिति सदस्य प्रदीप यादवले जानकारी दिनुभयो ।

कार्यकारिणी समितिको बहुमतले महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेतालाई गरिएको कारवाही निर्वाचन आयोगले मान्यता नदिएपछि अध्यक्ष उपेन्द्र यादवले आयोगविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने यसअघि नै बताउनुभएको   छ ।

आजको बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुने कार्यकारिणी सदस्य यादवले बताउनुभयो । ठाकुर–महतो पक्ष सरकारमा सहभागि भएसँगै जसपाका ११ जना मन्त्री बनेका छन्। यस्तै ठाकुर महतो पक्षले निर्वाचन आयोगलाई आफूहरुले कुनै बैठक नबोलाएको जानकारी गराएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu