Connect with us
Kapilvast Forest

एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घट्यो

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

 

काठमाडौं -बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

तर यता चाँदीको मूल्य भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu