Connect with us
Kapilvast Forest

मनोसामाजिक सहयोग सम्बन्धि तीन दिने तालिम

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

  कपिलवस्तु-समुदायमा आधारित मनोसामाजिक सहयोग सम्बन्धि तीन दिने तालिम आजबाट सुरु भएको छ । युनिसेफ नेपाल को सहयोग शिवराज नपालिकाको सहकार्य र सिद्धाथ सामाजिक विकास केन्द्र को आयोजनामा शिवराज नगरपालिकामा समुदाय तहका सरोकार वालाहरुलाइ मनोसामाजिक तालिम शुरु गरेकोे हो ।
तालिममा समुदाय स्तरका महिला, स्वास्थ्य स्वंयसेविका, शिक्षिका, किशोर किशोरी समुहका किशोरीहरु, सामाजिक सहजकर्ता, महिला सहकारीका सदस्यहरुलाई सहभागी गराएर तिनदिनको तालिम आयोजना गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्र का आयोजना प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले तालिममा सिकेका कुरालाई समुदाय लगेर उपयोग गर्न सुझाव दिनुभयो । आजबाट सुरु भई श्रावण ८ गतेसम्म संचालन हुने तालिममा मनोसामाजिक परामर्श र्कता शान्ति पण्डितले सहजिकरण गर्नुभएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu