Connect with us
Kapilvast Forest

तालिबानले सत्ता कब्जा गर्नुमा अफगान सरकार जिम्मेवार :बाइडन

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिनु भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गर्नु भएको छ ।

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भन्नु भयो , ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’

आइतबार तालिबान लडाकुहरु राजधानी काबुल प्रवेशगरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडनु भएको छ ।अफगानिस्तानको यो अवस्था आउनुमा आफूप्रति प्रश्न उठिरहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडनले देश छाडेर भाग्ने राष्ट्रपति घानीलाई पनि प्रश्न उठाउनु पर्ने बताउनु भयो ।

तालिबानले अफगानिस्तान कब्जा गर्नुमा सरकारकै कमजोरी औंल्याउँदै उनले भने, ‘हामीले हजारौं सैनिक अफगानिस्तान पठायौं, अफगान सेनालाई तालिम दियौ् । अरबौं डलर खर्च गर्यौं । अफगान सुरक्षा बललाई २० वर्ष तालिम दियौं । तर अफगानिस्तानका नेताहरु देश छाडेर भागे, छिट्टै हतियार बुझाए । हतियारले सुसज्जित यति धेरै सैनिकले कसरी हार माने यो गम्भीर सोचनीय विषय हो ।’अफगानिस्तानको अवस्था अचानक बदलिएको बताउँदै उहाँले आतंकवादविरुद्धको लडाइँ जारी रहने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu