Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

 

बुटवल –लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ ।एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।

सभामुख घर्तीले भने उहाँहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय भएको छ । एमालेले भने उहाँहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।हाँ
सोमबार प्रदेशसभा बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । उहाँहरुले रोष्टममा नाराबाजी गर्नु भएको छ ।

 

माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले आफूहरुको सांसदलाई कारबाही गर्न भनी एमालेले पत्र दिएको भन्दै आपत्ति जनाउनुभयो ।एमालेले पदमुक्त गर्न आग्रह गरेको विमलाकुमारी खत्री वली नेकपा माओवादी केन्द्र संसदीय दलको सदस्य रहेको भन्दै उहाँले एमालेले पदमुक्त गर्न आग्रह गर्नु आपत्तिजनक भएको बताउनुभयो ।

‘एउटा दलको सदस्यलाई अर्को दलले कारबाही गर्न मिल्छद्ध कि मिल्दैन रु उनले प्रश्न गरे, ‘उहाँहरु संसदीय मूल्य र मान्यता विपरीत बोलिरहनुभएको छ ।’करिब आधाघण्टासम्म एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले सोमबार नै साढे २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu