Connect with us
Kapilvast Forest

विजयनगरमा एमाले पार्टीमा प्रवेश गर्नेको लर्को ,आज मात्रै २ सय ५१ जनाले गरे विभिन्न पार्टी परित्याग

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

 

विजयनगर -कपिलवस्तुको विजयनगर गाउँपालिकामा २ सय ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमवार गाउँपालिकाको वडा न। ६ मा वडा कमिटिको आयोजना प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका हुन् । वडा नं ६ कमिटीका अध्यक्ष अग्नि प्रसाद सापकोटाकोे अध्यक्षतामा २ सय ५१ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सदस्य र विजयनगर इन्चार्ज कृष्ण प्रसाद भण्डारीले स्वागत मन्तब्य राख्नु भएको हो ।

जिल्ला कमिटि सदस्य तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले टीका लगााई पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले दोसल्ला ओढाई पार्टी सदस्यता दिँर्दै सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको गाउँ कमिटि अध्यक्ष थर्क बहादुर खन्गाहाले बताउनु भएको छ । विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्दै नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमालेमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विजयनगर गाउँपालिका वडा न।६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, वडा न। ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान , वडा न।ं ७ का वडा अध्यक्ष दिनेश चौधरी, जिल्ला कमिटि सदस्य टंक सुनार, दिपेन्द्र महरा,रामऔतार यादव लगायतको उपस्थिति रहेको थियो । जिल्ला कमिटि सदस्य तथा गाउँ कमिटि सचिव गोकर्ण प्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu