Connect with us
Kapilvast Forest

‘शेरबहादुरजीले सोध्नुभयो भने सरकारमा जाने विषयमा कुरा गर्छाैँ’

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा) ले जनाएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको बताउनुभएकाे हो ।

शुक्रवार बबरमहलमा रहेकाे आफ्नै पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरूले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी दर्ता नै भर्खर भएको छ । त्यसपछि पनि हामीलाई बोलाउनु हुन्छ, सोध्नु हुन्छ अनि कुरा राख्छौँ । जाने/नजाने कुरा त मैले भनिसकेँ नि । हामी कति चोटि भेटिसकेका छौँ नि, सामूहिक रूपमा पनि भेटिराखेका छौँ । अलग–अलग पनि भेटेका छाैँ । तर कुनै पनि छलफलमा सरकारमा जाने विषयमा छलफल भएको थिएन । किनकि हाम्रो पार्टी निर्माण गर्ने, स्थापना गर्ने कुरा चलिरहेको थियो । त्यसैले सरकारसँग यी कुराहरू पनि उठ्ला वा शेरबहादुरजीले सोध्नुहुन्छ भने हामी यो विषयमा कुरा गर्छाैँ ।’

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरी नसकेको स्पष्ट पार्नुभयो । उहाँले सञ्चारकर्मीमाझ भन्नुभयो, ‘हामी सत्तारुढ गठबन्धनमा छैनौँ । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौँला ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu