Connect with us
Kapilvast Forest

एमसीसी विरुद्ध विप्लवको आन्दोलन घोषणा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी गराउनु भएको हो । पर्सि सोमबार हुने भेलालाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नुहुने छ ।

पार्टीको आयोजनामा भदौ २८ गते काठमाडौँमा एमसीसी विरुद्ध प्रदर्शन हुनेछ । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँलाई अन्त्य गर्ने गरी आन्दोलनको घोषणा गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो , ‘एमसीसीलाई नेपालबाट सधैँभर नेपालबाट हटाउनुपर्छ । यो सरकारले राष्ट्रघाती परियोजना एमसीसी पास गर्ने मुर्खता नगरोस् ।’ एमसीसीलाई संसदबाट पास गरिए दोस्रो चरणको आन्दोलनको घोषणा गरिने उहाँले बताउनु भयो । उहाँले भन्नसु भयो ‘नेपाली जनताका लागि अपराध गर्नुहुन्छ भने राष्ट्रको मुक्ति प्राप्त नगर्दासम्म हामी निरन्तर आन्दोलनमा हुन्छौँ ।’

वर्तमान सरकारको विकास भन्दा पनि भ्रष्टाचारमा ध्यान गएको उहाँको आरोप थियो । उहाँले भन्नु भयो ‘जनताको बलिदानलाई मुल्यहीन बनाउन कसैलाई छुट छैन । देउवाले मूर्खता गरे भने देश आन्दोलनको भूमरीमा फस्छ ।’ श्रमजीवी जनताको विपक्षमा र स्वाधीनता प्राप्त गर्न नदिन एमसीसी परीयोजना आएको उहाँको दावी थियो । उहाँले भन्नु भयो ‘तपाइँहरु (सरकार)ले युद्ध, लुट थोपर्न पाउनुहुन्न । अहिलेको दुनियाँमा श्रमजीवी जनताले आफ्नो बारेमा निर्णय गर्ने अधिकार आफैँलाई छ ।’ उहाँले एमसीसी नेपालबाट खारेज गर्नुपर्ने भन्दै सरकारले नसुने विद्रोह गर्ने चेतावनी दिनु भयो ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएर प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेट गरिरहँदा विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको हो । शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उपाध्यक्ष फातिमा सुमारले एमसीसी संसदबाट छिट्टै अनुमोदन हुनेमा विश्वस्त रहेको बताउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu