Connect with us
Kapilvast Forest

किशोरी बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

pakrau

 

काठमाडौं-दाङ प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ । नाच हेरेर घर फर्कँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्कीलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेकाहरुमाथि तीजको दरखाने दिन राती नाच हेरेर घर फकर्दै गरेकी १८ वर्षीया किशोरीमाथि सामूहिक करणी गरेको आरोप लागेको छ । पीडित युवतीको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिनु भयो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको रिजालले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu