Connect with us
Kapilvast Forest

लुम्बिनीमा नवनियुक्त मन्त्रीहद्वारा शपथ : १७ सदस्यीय मन्त्रिपरिषद

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

बुटवल- लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ। सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

संघ र प्रदेशमा गठबन्धनका दलहरुबीच भागबन्डा मिलेपछि आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई सपथ गराएका हुन्।

कांग्रेसबाट पाल्पाका वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिचाईं, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री भएका छन्।

यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले शपथ लिएकी छन्। श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएकी हुन्। यसैगरि माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्‍चार, दाङका इन्द्रजित थारू स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री भएका छन्।

माओवादीबाट दाङकी विमलाकुमारी वलि खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री भएकी छन्। नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी छन्।

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो। माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीय मन्त्रिमण्डल वृद्धि भई १७ सदस्यीय मन्त्रिमण्डल बनेको हो। लुम्बिनी ७ वटै प्रदेशमा सबैभन्दा जम्बो मन्त्रिमण्डल बनेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu