Connect with us
Kapilvast Forest

चाडवाडको पुर्व शन्ध्यामा शुभकामना आदान प्रदान

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-नेपालीहरुका महान चाडको पुर्व शन्ध्यामा चेम्बर अफ कमर्स कपिलवस्तुको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतवार बडा दशै दिपावली तथा छठ पर्वको अवसरमा चेम्वर अफ कमर्श कपिलवस्तुको हलमा आइतवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

वडा दशैको चौथो दिन आज भएको शुभकामना आदा प्रदान कार्यक्रमलाइ सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सांसद अर्जुन कुमार के सी ले यस्ता पर्वले भाइचार सदभावको भुमिका खेल्ने बताउनु भयो । चाडवाड मनाउदा पुरानो संस्कृतिलाइ बचाउँदै धेरुे तडक भडक रुपमा नमनाउन अपिल समेत गर्दै संम्पुर्णमा शुभकाना शन्देश ब्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा कार्यक्रमकाविशिष्ट अतिथिको रुपमा सहभागिता जनाउनु भएका शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले वडा दशैको शुभकामना दिंदै शिवराज नगरको विकासमा निजी क्षेत्रको हैसियतमाचेम्वर अफ कपिलवस्तुले े पुर्याएको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि निजी क्षेत्रसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेब पोख्रेलले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भएको थियो । सोहि कार्यक्रममा बोल्दै अध्यक्ष पाख्रेलले समृद्ध नगरको विकासका लागि चेम्बर अफ कम स्थानिय निकायसंग सहकार्य गर्न तत्पर रहेको बताउंनु भयो

कार्यक्रममा शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा, अकोराब लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल, नेपाल प्रत्रकार महासघं लुम्बिनि प्रदेश सदस्य चिन्ता परीयार, अकोराब लुम्बिनि प्रदेश सदस्य तथा रेडियो भ्वाइसका अध्यक्ष सरद अधिकारी , शान्ति पुनर्स्थापना केन्द्र कृष्णनगरका संयोजक

भुमिराज भट्टराई, लगायतले आ–आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जगत पौडेलले स्वागत गर्नु भएको कार्यक्रमा संघका महा सचिव गोपाल वन्जाडोको सन्चालनमा सम्पन्न भएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu