Connect with us
Kapilvast Forest

भारत र चीनबाट फाइदा लिने माैका सरकारले नचुकाओस् : गगन थापा

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

gagan

काठमाडौं – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुई छिमेकी देश भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति पक्रन सकेकाे छैन । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ । फेरि हामीले अब अर्को मौका खेर फाल्दैछौँ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ । हाम्रा अगाडि केही मौका अहिले पनि छन् । एउटा हामीले माने पनि नमाने पनि एसिया, त्यसमा पनि आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर विश्वकाे अर्थतन्त्र सबै गतिविधि केन्द्रित छ । त्यसको नजिकमा हामी छौँ । यो अर्को १०, १५, २० वर्ष रहन्छ । यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ ।’

कांग्रेस नेता थापाले विद्युत् खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । उहाँले विद्युत् खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनाबद्ध सोच अगाडि ल्याउन ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।

नेता थापाले नेपाल विद्युत् प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । नेता थापाले देशका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu