Connect with us
Kapilvast Forest

टी-ट्वान्टी विश्वकपः अष्ट्रेलियाको लगातार दोस्रो जित

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ । ओपनर डेविड वार्नरको अर्धशतकीय पारीको सहयोगमा बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराएको हो ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । ओपनर डेविड वार्नरले ४२ बलमा सर्वाधिक ६५ रनको योगदान दिए । उनले १० चौका प्रहार गरे । स्टिभ स्मिथ २६ बलमा १ चौका सहित २८ रनमा अविजित रहे । मार्कस स्टोइनिस ७ बलमा २ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे ।

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो ।

श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रनको योगदानी दिए । भानुका राजपक्षे २६ बलमा ४ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए भने मिचेल स्टार्कले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । अष्ट्रेलिया २ खेलमा २ जितका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu