Connect with us
Kapilvast Forest

च्याम्पियन्स लिगः लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न विजयी

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

एजेन्सी- च्याम्पियन्स लिगको समूह चरणको खेलमा जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगीज क्लब बेन्फिकालाई पराजित गरेको छ । मंगलबार राति बायर्नको मैदानमा भएको खेलमा बायर्न ५-२ गोलले विजयी बनेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । उनले खेलको २६, ६१ र ८४ औं मिनेटमा गोल गरेका हुन् । यस्तै ३२ औं मिनेटमा सर्ज गनाब्री र ४९ औं मिनेटमा लेरोइ सानेले गोल गर्दा बायर्न ५ २ गोलले विजयी बन्यो ।

यता बेन्फिकाका लागि ३८ औं मिनेटमा मोराटो र ७४ औं मिनेटमा डार्विन नुनेजले गोल गरे । जितसँगै समूह ‘इ’ मा रहेको बायर्न अन्तिम १६ मा पुगेको छ । उसको ४ खेलमा ४ जितसहित १२ अंक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu