Connect with us
Kapilvast Forest

टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौँ– जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित हात पारेको छ । यूएईमा बुधबार भएको सुपर १२ को समूह २ को खेलमा भारतले अफगानिस्तानमाथि जित हासिल गरेको हो । तीन खेलमा भारतको यो पहिलो जित हो ।

पहिलो जित हात पार्नेक्रममा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा २१० रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो ।

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ४२ रन बनाए भने कप्तान मोहम्मद नबीले ३५ रन बनाए ।अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका मोहम्मद शामीले ३ र आर आश्विनले २ विकेट लिए । जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक एक विकेट लिए ।

भारतका लागि रोहित शर्माले ७४ र केएल राहुले ६९ रन बनाए । यस्तै हार्दिक पाँड्याले ३५ तथा ऋषभ पन्तले २७ रन बनाए ।यो जितपछि भारतको सेमिफाइनल पुग्ने सम्भावना जिवितै भएको छ । यो समूहबाट ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने अफगानिस्तान र न्यूजील्याण्डको समान ४–४ अंक छ । भारत र नामिबियाको २–२ अंक छ । स्कटल्याण्ड भने जितविहीन छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu