Connect with us
Kapilvast Forest

काठमाडौं राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

काठमाण्डौ- राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

आउँदो १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा हुने महाधिवेशनका लागि देशका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयनको लागि चुनाव हुने राप्रपाले जनाएको छ । दुई हजार नौ सय ७० प्रतिनिधि छनोटका लागि आज, भोलि र पर्सि महाधिवेशन प्रतिनिधिको चुनाव हुने तालिका छ ।

राप्रपाले हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट गर्ने जनाएको छ । यसअघि गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि राप्रपाले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu