Connect with us
Kapilvast Forest

प्रदीप यादवमाथि जसपाको कारबाही, तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइयो

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

 

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । उनलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइएको छ ।

मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए । पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । सांसद यादवले आरोप अस्वीकार गरेका छन् ।

 

बुधबार सकिएको जसपा बैठकले यादवलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् । एक नेता भन्छन्, ‘यदि झण्डा जलाएको पुष्टि भयो भने केन्द्रीय सदस्यबाट हटाउने निर्णय कायमै रहन्छ, नभए जिम्मेवारीमा फर्कन्छन् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu