Connect with us
Kapilvast Forest

सचिवमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्ता हुनुपर्छ : महेश बस्नेत

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

mahesh-basnet.jpg

 

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका छन् । सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै उनले नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताउनु भयो ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले सहमति वा निर्वाचन जे भए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्ता आउनुपर्ने बताउनु भयो ।

सचिव पोष्ट भनेको पदाधिकारीको इन्ट्रान्स पोइन्ट हो । यो इन्ट्रान्स गेट बन्द गरेर सहमति हुँदैन,’ सचिव पदमा दाबी गर्दै आएका बस्नेतले भन्नु भयो ‘यो सचिव पोष्टमा चाहिं सहमतिको आधारमा पनि ७ जनामा कमसेकम ४ जना न्यू इन्ट्रीलाई समावेश गराउनुपर्छ । यदि त्यस्तो गरिएन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ ।’उहाँले आफू सचिवको दाबीबाट पछि नहट्ने बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu