Connect with us
Kapilvast Forest

महाधिवेशनमा आपत्तिजनक दृश्य देखियो : भीम रावल

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

bhim.jpg

 

चितवन-नेकपा एमालेका उपाध्यक्ष डा। भीम रावलले देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको महाधिवेशनमा आपत्तिजनक एवं खतरनाक दृश्य देखिएको बताउनु भएको छ । महाधिवेशन प्रतिनिधिहरुलाई बेबारिस बनाएर बन्दसत्रलाई तुहाएको रावलको आरोप छ ।

 

‘एक–दुई दिनका घटनाबाट मलाई त के लाग्न थालेको छ भने प्रतिनिधिसधभाका दुईवटा विघटन र यो दुई दिनसम्म उम्मेद्वारी दिन नपाउने घटनालाई एकै ठाउँमा राखेर हेर्दा लोकतन्त्रलाई सिध्याउन खोजिएको भनेर त्यतिबेला उठेको प्रश्नमा सार्थकता पो थियो कि ’, नेता रावलले प्रश्न गर्नु भयो ।

सौराहामा रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै रावलले भन्नु भयो , ‘म पार्टीको उपाध्यक्षले आफ्नो महाधिवेशनमा उम्मेद्वारी दिनसमेत नपाउने भनेपछि यस्ता नेताले देशको लोकतन्त्रको रक्षा गर्छु, जनताका निम्ति काम गर्छु भन्नु कत्तिको पत्याउने कुरा हो रु’

पहिलो– देशको सबैभन्दा ठूलो राजनीतिक दलले १० गतेदेखि १२ गतेसम्म महाधिवशेन गर्ने भनेर काठमाडौंबाट सम्पूर्ण योजना बनाएको थियो । खुल्लासत्र १० गते गर्ने र बन्दसत्र ११ गते बिहानदेखि गर्ने निर्णय भएको थियो । मनोनयनसम्बन्धी सम्पूर्ण कार्यक्रम हिजो ११ गते नै गर्ने, उम्मेदवारी फिर्ता लिने पनि ११ गते नै पूरा गर्ने र आज १२ गते बिहान ८ बजेदेखि भोटिङ मेसिनहरुबाट मतदान गर्ने भनेर पार्टीले सारा निर्णय गरेर हामी त्योअनुसार चितवन आएका थियौं ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu