Connect with us
Kapilvast Forest

नेतृत्व चयनको प्रयास मिल्यो होला भन्ने विश्वास छ:प्रदीप ज्ञवाली

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

pardip-gyawali.jpg

 

चितवन – नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत सहमतिमा केन्द्रीय नेतृत्व चयनका लागि आइतबार दिनभर प्रयास भएको छ । विहान १० बजे बोलाइएको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग परामर्श गर्नु भएको छ ।ओली बसेको होटल पार्क सफारीमा दिनभर नेताहरुको आउजाउ भएको छ । आइतबार साँझसम्म अध्यक्ष ओलीलाई भेट्न जाने र भेटेर फर्किने क्रम चलिरहेको छ ।

साँझ ८ बजेतिर भने केही नेताहरु बन्दसत्र सञ्चालन हुने होटल सेभेन स्टारतर्फ जानु भएको हो । ओलीलाई भेटेर फर्किएका नेता प्रदीय ज्ञवालीले अब अध्यक्ष मण्डलको बैठक बस्ने र बन्दसत्र सुरु हुने बताए । ‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ’ बन्दसत्रको कार्यक्रम सुरु हुने जनाउ दिँदै उहाँले भन्नु भयो ।

नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यक्ष ओलीलाई बुझाइसक्नु भएको छ । १९ सदस्यीय पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu