Connect with us
Kapilvast Forest

आउँदो निर्वाचनमा सबै तहमा कांग्रेस एक्लै लड्छ : उपसभापति निधी

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

 

जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन र तालमेल नगर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनको बिहीबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले अब हुने निर्वाचनमा सबै स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस आफैंले उम्मेदवारी दिने बताउनु भएको हो ।

 

देशले कांग्रेसको एकल सरकार आउनुपर्ने चाहना राखेको भन्दै निधिले चुनावमा बहुमत ल्याउन सबै कांग्रेस नेता कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताउनु भयो ।पार्टीको महाधिवेशन सकिएपछि निर्वाचनमा केन्द्रित हुन कार्यकर्तासँग आग्रह गर्दै निधिले संगठन सुदृढिकरण र आपसी एकता राखेर कांग्रेसलाई जिताउनुपर्ने धारणा राख्नु भयो ।

‘सबैभन्दा जरुरी प्रदेश २ मा कांग्रेस जित्नु जरुरी छ’ उहाँले भन्नु भयो , ‘यो प्रदेशमा बहुमत नभए देशमा बहुमतीय सरकार बन्दैन । देशमा बहुमतको सरकार नबने संघीय गणतान्त्रिक व्यवस्थाको रक्षा हुन सक्दैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu