Connect with us
Kapilvast Forest

यू–१९ महिला साफ : नेपाली टोली आज बंगलादेश प्रस्थान गर्दै

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौँ – साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागीता जनाउने नेपाली टोली आज मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ढाका जाने टोलीलाई बिदाइ गरेको छ ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले घोषणा गरेका २३ सदस्सीय टिममा ६ जना राष्ट्रिय टोलीमा रहिसकेका खेलाडी छन् । च्याम्पियनसिपमा आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्ने छ । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्ने छ । राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ ।

नेपालले यसपटक उपाधि जित्ने लक्ष्य बनाएको छ । मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले च्याम्पियनसिपमा टिमको लक्ष्य उपाधि रहेको बताए । कप्तान तथा गोलकिपर अन्जना राना मगरले पनि टिमको लक्ष्य च्याम्पियन बन्ने रहेको बताएकी छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu