Connect with us
Kapilvast Forest

देउवाले ८११ मत ल्याउँदा कोइरालाले ल्याए ६२६

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसको भइरहेको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै गर्नु भएको छ । १७०० मत गणना सकिँदा उहाँले ८११ मत ल्याउनु भएको छ भने अर्का प्रत्यासी डा। शेखर कोइरालाले ६२६ मत ल्याउनु भएको छ ।

यसैगरी प्रकाशमान सिंहले १४९, विमलेन्द्र निधिले ९७ र कल्याण गुरुङले ६ मत ल्याउनु भएको छ ।सोमबार राति सकिएको मतदानपछि मंगलबार बिहानदेखि मतगणना सुरु भएको हो।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी रहेको छ । त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिनु भएको छ ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu