Connect with us
Kapilvast Forest

मेयर कलामको कामले संसार देख्न पाए

२०७८, ८ पुष बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-कपिलवस्तु
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा आज दोश्रो दिन निशुल्क आँखा शिविर संचालन गरिएको छ ।मोतिया बिन्दुको अप्रेशन गर्नुपर्ने ब्यक्तिहरुको भोली बिहान ८ बजे देखी अप्रेशन गरिने र अप्रेशन गरिने बिरामीहरुलाई कालो चस्मा समेत बितरण गरि मात्रै घर पठाईने नगर प्रमुख कलामले बताउनु भयो ।
नगरवासीहरुलाई घर आगनमै सेवा उपलब्ध गराउने उद्देश्यले महाराजगन्ज नगरपालिकाले प्रत्येक बर्ष नगरपालिकाका नागरिकहरुका लागि निशुल्क आँखा शिविर सन्चालन गर्दै आएको नगर प्रमुख कलामले बताउनु भयो । महाराजगंजमा संचालित शिबिरमा छिमेकी नगरपालिकाहरुको नगरवासीहरुले समेत सेवा लिएको र २०७८ पौष ०७ गते देखी संचालन भएको शिबिर २०७८ पौष ९ सम्म संचालन हुने नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।
महाराजगन्ज नगरपालिकाको वडा नं १ महाराजगंजमा संचालित फलहारी बाबा बहुमुखी क्याम्पसमा दोश्रो दिनको शिबिर संचालन गरिएको छ । आज संचालित दोश्रो दिनको शिविरमा महिला २सय ९५ र पुरुष २ सय २४ गरि ५ सय १८ जनाले आँखा चेकजाँच गराएको महाराजगन्ज नगरपालिकाका सुचना अधिकारी बृजेश कुमार चौधरीले जानकारी दिनु भयो । पहिलो दिन ३सय १३ जनाले आँखाको चेकजांच गराएका थिए जसमा ९२ जनाको मोतिया बिन्दुको अपरेसन गर्नुपर्ने बिरामी छनोट भएका थिए ।दुबै दिनमा जम्मा ८३२ जनाले आँखा चेकजाँच गराएका र १सय ७६ जना मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने छनोट भएको र आज ८६ जनाको अप्रेशन भईसेकेको सुचना अधिकारी चौधरीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu