Connect with us
Kapilvast Forest

कान्तिपुर सिटी कलेजमा पत्रकारलाई छात्रवृत्ति

२०७८, १२ पुष सोमबारमा प्रकाशित

 

 

काठमाडौं- आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्दा कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति पाइने भएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो ।

महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले ५ जना विद्यार्थीलाई सहुलियत छात्रवृत्ति दिने निर्णय गरेको छ । यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ ।

कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमिल्सिना र महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरे । यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ ।

सम्झौता अनुसार पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीन जनाले ६५ प्रतिशत र दुई जनाले ५० प्रतिशत छुट पाउने महासंघका महासचिव रामकुमार शाहीले बताउनुभयो ।

अब छिट्टै प्रदेश समितिको बैठकमार्फत् कार्यविधि तय गरेर आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्न चाहने प्रतिष्ठान आबद्ध पत्रकारहरूबाट आवेदन माग गरिनेछ । आवेदन प्राप्त भएपछि आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार पत्रकारलाई अध्ययनका लागि कलेजमा सिफारिस गरिने महासचिव शाहीले बताउनुभयो ।

कार्यक्रममा सम्झौता कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेश समितिका उपाध्यक्ष वीरेन्द्र ओली, कोषाध्यक्ष केशव बोहरा र सचिव नरेन्द्र मानन्धर समेत उपस्थित थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu