Connect with us
Kapilvast Forest

बाँकी १६ जिल्ला अधिवेशन कांग्रेसले पुस २७ मा गर्ने

२०७८, १२ पुष सोमबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसले बाँकी जिल्ला अधिवेशन पुस २७ मा गर्ने भएको छ।केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो।बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा अधिवेशन हुने जनाएको छ।

यी जिल्लामा कांग्रेसले प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्न लागेको हो।६१ जिल्लामा भने पहिले नै जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व आइसकेको छ।

अहिलेसम्म भएका जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षले धेरै जिल्ला सभापति जितेका छन्।यसअघि कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको छ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu