Connect with us
Kapilvast Forest

रा प्र पा कपिलवस्तुद्वारा पुष २७ गते सार्वजनिक विदा दिन माग

२०७८, २० पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु-राष्ट्रिय प्रजातन्त्र पाटी कपिलवस्तुले पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पाटीले पृथ्वी नारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने भएकोले सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरिएको छ । राप्रपाले मंगलवार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

विगतमा पनि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने गरेकोले यस वर्ष पनि दिन आग्रह गरिएको राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले बताउनुभयो ।राष्ट्रिय एकिकरणको नायकको जन्मजयन्ती मनाउँदा कसैलाई पनि असर नपर्ने भएकोले राप्रपाले गरेको मागलाई सम्बोध गर्नुपर्ने प्रदेश सदस्य सइद अहमद शाहले बताउनुभयो ।

माग सम्बोधन नभए देशव्यापी रुपमा आन्दोलन गरिने शाहले बताउनुभयो । ज्ञापन पत्र बुझदै प्रजिअ चक्रपाणी पाण्डेले ज्ञापन पत्रलाई माथिल्लो निकायमा पठाउने बताउनुभयो । केन्द्रीय सदस्य धुर्व रायमाझी,प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरु र नगर अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu