Connect with us
Kapilvast Forest

बुद्धभुमीका उत्कृष्ट १२ कर्मचारी सम्मानित

२०७८, २६ पुष सोमबारमा प्रकाशित

सागर पौडेल, कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमि नगरपालिका अन्र्तगतको नगरको १० औँ नगरसभाले उत्कृष्ट सेवा प्रवाह गर्ने विभिन्न शाखा र क्षेत्रका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । नगरपालिकाको याजना शाखाका नविन खनाल सहित अन्य विभिन्न विषयगत शाखाका कर्मचारीहरु सम्मानित भएका हुन् ।
नगरपालिकाको सेवा प्रवाहमा उत्कृष्ट साबित बनेका योजना अनुगमन शाखा प्रमूख खनाल सहित इन्जिनियर निकिता त्रिपाठी, सिअहेब गोकर्ण अर्याल, वडा नम्ब ८ का स्वास्थ्य चौकी ईन्चार्ज कमल ज्ञवाली, प्रधानमन्त्री रोजकागर कार्यक्रमका संयोजक रबिन चौधरी र प्रशासन शाखाकी बिन्दु शर्मा खरेललाई नगरपालिकाले सम्मान गरेको हो ।
नगर प्रमूख केशव कुमार श्रेष्ठ, उप मेयर मीरा थारु र प्रमुख प्रशाकीय अधिकृत केशवराज सुबेदीले दोसल्ला र कदर पत्र प्रदान गरी उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

यस्तै नगरपालिको १० औँ नगरसभाले सरकारले तोके अनुसार बाल बिकास केन्द्रका सहजकर्ता र बिद्यालयमा कार्यरत कार्यालय सहयोगीहरुको तलब मासिक १५ हजार कायम गरेको छ । चालु आर्थिक बर्षको पुस महिना सम्म सहजकर्ताले मासिक साढे १२ हजार र कार्यालय सहयोगीले मासिक साढे ११ हजार तलब ब्ुझेका थिए । नगरपालिकामा रहेका ७२ सहजकर्ता र ५२ कार्यालय सहयोगीको माघ १ गते देखि लागु हुने गरी मासिक १५ हजार रकम दिने गरी सभाबाट पारित भएको मेयर केशव कुमार श्रेष्ठले बताउनुभयो ।
यस्तै ६० बर्ष उमेर हद पार गरेका २३ महिला स्वयम सेविकालाई सेवा अवधि भरको बार्षिक २ हजारका दरले प्रोत्साहन स्वरुप रकम दिने समेतबाट नगरसभाले निर्णय गरेको छ ।
यसैगरी सहायक लेखा पाल खुम बहादुर राउत, वडा नम्बर १ का वडा सचिव बिष्णु प्रसाद पौडेल, सर्पदंश केन्द्र गोरुसिंगका ब्यवस्थापक नबिन भण्डारी, वडा नम्बर ७ का सामाजिक परिचालक ओम प्रकाश गुप्ता, सवारी चालक फर्सुराम आचार्य र वडा नम्बर ४ का कार्यालय सहयोगी बिष्णु थारुलाई पनि नगर सभाबाट सम्मान गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu