Connect with us
Kapilvast Forest

तम्घासमा पाँच लाख नगदसहित ७ जुवाडे पक्राउ

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घासमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगदसहित पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१ भिमचोकस्थित एक होटलबाट सोमबार बेलुकी पाँच लाख पाँच हजार ६५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

होटलमा जुवाको खाल थापी खेलिरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जुवा तास खेलिरहेको ठाउँबाट एक बुक खोलेको र दुई बुक नखोलेको तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu