Connect with us
Kapilvast Forest

राप्रपाले मनायो चन्द्रौटामा पृथ्वी जयन्ती

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा पृथ्वी जयन्ती भव्य रुपमा मनाइएको छ । राप्रपा शिवराज नगर कमिटी को आयोजनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औ जन्म जयन्ती तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । राप्रपा नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहम शाहको नेतृत्वमा बृहत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पृथ्वी नारायाण शाहको तस्विरमा राप्रपाका प्रदेश र जिल्ला स्तरका नेताहरुले अबिर माला लगाईदिएर सम्मान व्यक्त गरेका थिए ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कोषाध्यक्ष शाहले राष्ट्र निर्मातालाई अहिले सरकारले वेवास्ता गरेर सार्वजनिक विदा समेत कटौटी गरेको बताउनु भयो । अहिले धर्म निरपेक्षताको नाममा हिन्दु धर्म माथी प्रहार भइरहेको भन्दै सनातन हिन्दु धर्मको जर्गेना गर्नको लागी राष्ट्रिय प्रजातन्त्र पार्टि जनताको विचमा सदैब रहने र पुन राजतन्त्रलाई वित्याउने उहाँले जिकीर गर्नु भयो । कार्यक्रममा बोल्दै राप्रपाका प्रदेश जिल्ला नेताहरुले संघिताले देशलाई गरिवी तिर लगेको बताउदै संघियता खारेज गर्नु पर्ने बताएका थिए ।


पृथ्वी जयन्ती संगै भएको पार्टि प्रवेश कार्यक्रममा नेकपा माओवदी पार्टि त्याग गर्दै सफिक महमदको नेतृत्वमा ११७ जना, युवा नसिमको नेतृत्वमा ६० जना , अब्दुल करम शाह, मुख्तार अहमद खान लगायतको नेतृत्वमा विभिन्न पार्टि बाट ४ सय बढि राप्रपा मा प्रवेश गरेको लुम्बिनी प्रदेश कोषाध्यक्ष शाहले जानकारी दिनु भयो ।पृथ्वी जयन्तीको अवसरका साझ चन्द्रौटा चोकमा दिप प्रज्वलन समेत गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu