Connect with us
Kapilvast Forest

अग्रपङ्क्तिमा खटिनेलाई भोलिदेखि बुस्टर डोज खोप दिने

२०७८, १ माघ शनिबारमा प्रकाशित

काठमाडौं – अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेकाे हो ।

 

मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu