Connect with us
Kapilvast Forest

टेनिस स्टार जोकोभिक हिरासतमा

२०७८, १ माघ शनिबारमा प्रकाशित

एजेन्सी-सर्वियन टेनिस स्टार नोभाक जोकोभिकलाई अस्ट्रेलियन प्रहरीले हिरासतमा लिएका छन्।बीबीसीका अनुसार सुपुर्दगी गर्ने सम्बन्धमा अदालतमा सुनुवाइ हुनुअघि नै उनलाई हिरासतमा लिइएको हो।

कोरोनाविरूद्धको खोप नलगाइ अस्ट्रेलिया छिरेको भन्दै दोस्रो पटक उनको भिसा रद्द गरिएको थियो।अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिकले आगामी सोमबार पुरूष एकलमा प्रतिस्पर्धा गर्ने खेल तालिका छ।यसअघि गत सोमबार जोकोभिकको भिसा रद्द नगर्न अस्ट्रेलियाको एक अदालतले गत सोमबार आदेश दिएको थियो।

सर्किट कोर्टका न्यायाधीश एन्थोनी केलीले भिसा रद्द गर्ने यसअघिको निर्णय खारेज गरिदिएका थिए भने मेलवर्नको होटल क्वारेन्टिनबाट ३० मिनेट भित्रमा छाड्न पनि आदेश दिएका थिए।

गत साता भ्याक्सिन नलगाइ अस्ट्रेलिया छिरेको भन्दै जोकोभिकको भिसा पहिलो पटक रद्द गरिएको थियो।अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका उनले डिपोर्ट गर्ने र भिसा रद्दविरूद्ध मुद्दा दायर गरेका थिए।

अघिल्लो बुधबार मेलवर्न पुगेका उनलाई अधिकारीहरूले कोभिड-१९ को मापदन्ड नपुगेको भन्दै भिसा रद्द गर्ने निर्णय गरेका थिए।तर उनले आफू कोभिड-१९ बाट संक्रमित नभएकाले भ्याक्सिन कार्ड देखाउन नपर्ने दाबी गर्दै मुद्दा दायर गरेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu