Connect with us
Kapilvast Forest

अधिकारीको स्मृतिमा एमालेद्वारा शोकसभा

२०७८, १ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु- नेकपा एमाले शिवराज नगर कमिटीले शनिबार शिवपुर १, नयाँबस्ती (बनकट्टा) मा शोकसभा सम्पन्न गरेको छ । शिवराज नगर कमिटी सदस्य लक्ष्मी अधिकारीका पति स्व. टंक प्रसाद अधिकारीको ७औं दिनको पुण्य तिथिको अवसर पारेर एमालेले निजकै निवासमा एक कार्यक्रमका बीच शोकसभा गरेको हो ।

एमाले शिवराज नगर अध्यक्ष जगत पौडेलको अध्यक्षतामा भएको शोकसभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले स्वर्गीय टंक अधिकारीको योगदानको चर्चा गर्दै पार्टीका एक उर्जाशिल कार्यकर्ता गुमाएकोमा दु:ख ब्यक्त गर्नुभयो ।

स्वर्गीय अधिकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा धैर्यधारण शक्ति मिलोस् भनी उहाँले गहिरो समबेदना समेत प्रकट गर्नुभयो । यसैगरी नेकपा एमाले जिल्ला सचिव सि.बी. गहतराज, एमाले जिल्ला सहसचिव एवं लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी., शिवराज नगरपालिका नं.१ का वडाध्यक्ष जगत बहादुर जि.सी. लगायतले शोक मतब्य राख्नुभएको थियो ।

एमाले शिवराज नगर सचिव शरद अधिकारीको संचालनमा सम्पन्न शोकसभामा एमाले नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । विक्रम सम्बत् २०२४ साल पुस २९ गते जन्मेका अधिकारीको यही २०७८ साल पुस २५ गतेका दिन आफ्नै निवासमा असामयिक मृत्युभएको थियो । मृतक अधिकारीका एक श्रीमती, दुई छोरा, एक छोरी, तथा नाति नातिनाहरू रहेका छन् ।।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu