Connect with us
Kapilvast Forest

ट्रयाक्टर दुर्घटनामा मृत्यु

२०७८, १ माघ शनिबारमा प्रकाशित

सप्तरी- सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ । स१त २७६ नंको ट्रयाक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

ट्रयाक्टरका चालक खाना खाइरहेको बेला ट्रयाक्टर गुडाएर सदा माटो लिन गएका थिए । सोही क्रममा ट्रयाक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

ट्रयाक्टर पल्टिएर पानीमा डुबेको शव प्रहरीले आज बाहिर निकालेको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu