Connect with us
Kapilvast Forest

२९ वटा डमरुलाई जन्म दिने ‘कलरवाली’ को मृत्यु

२०७८, ३ माघ सोमबारमा प्रकाशित

 

काठमाडौँ – संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको हो ।

 

२९ वटा डमरुलाई जन्म दिएकी बघिनी कलरवालीको अन्तिम संस्कार गरिँदै । तस्बिर : मध्य प्रदेश वन विभाग
यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो ।

 

 

सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन् । शनिबार मृत्यु भएको यो बघिनीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए । बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६:१५मा रहेको जनाएको छ ।

 

 

संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको हो ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनका लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu