Connect with us
Kapilvast Forest

तिलौराकोट साझेदारी वनमा सेटिङ्गमा ठेक्का

२०८१, १२ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु-
तिलौराकोट साझेदारी बन व्यवस्थापन समूहले काठ कटान ठेक्का मिलेमतोमा दिएको आरोप लगाइएको छ । कपिलवस्तु बन पैदावार व्यवसायी समिति तथा समूह सदस्यहरुद्धारा नै काठ कटानमा मिलेमतो भएको भन्दै ठेक्का बदरको माग गरेका छन् ।

समूहले चैत ७ गते विभिन्न ६ वटा प्लटबाट १ लाख ४७ हजार २ सय ८७ क्यूफिट काठ र ३ सय ३४ चट्टा दाउरा कटान, मुछान र घाटगद्धीको ठेक्का आह्वाहन गरेको थियो । तर ठेक्का हाल्दा नै सेटिङ्ग मिलाएको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् ।

साझेदारी बन अध्यक्ष जयप्रकाश पाण्डेले कटान ठेक्का एउटै व्यक्तिलाई मिलाइदिएको भन्दै समूह भित्रै समेत विरोध भएको छ । ६ वटा प्लट मध्ये ५ वटा प्लटको कटान ठेक्का जेबी सप्लायर्सलाई फुल रेटमा दिइएको छ ।

ठेक्का हाल्न गएको व्यवसायी सन्तोष मरासिनीका अनुसार चैत २९ गते सम्म ५३ वटा फर्म विक्री भएको थियो । “सेटिङ्ग मिलाएर प्रकृया मात्र पुरा गर्नका लागि प्रत्येक ५ वटा लटको ३–३ वटा र ६ नम्बर लटको ४ वटा फर्म गरि १९ वटा मात्र फर्म जर्बजस्ती दाखिला गराइएको थियो” उनले भने ।

समूह श्रोतका अनुसार ठेक्का मिलाउनका लागि अध्यक्ष पाण्डे र बाणगंगा ७ को जेबी सप्लायर्सको सेटिङ्गमा चलन चल्तीको दररेट भन्दा निकै बढि हालिएको छ । जसका कारण ठेक्का सदर गर्न १ साता अघि बसेको वैठकमा उपाध्यक्ष जाहिद खाँ, कोषाध्यक्ष बलराम तिवारी लागायतका सदस्यहरुले हस्ताक्षर समेत गरेका छैनन् ।

समूहकै वैठकमा ठेक्कामा मिलेमतो भएको विगतका बर्ष भन्दा बढि दररेट राखिएको भन्दै रद्ध गर्न माग गरेका थिए । तर अध्यक्ष पाण्डेले वैठकमा बहुमतको आधारमा जर्बजस्ती ठेक्का सदर गराएको समितिका सदस्यहरुले बताएका छन् ।

अध्यक्ष पाण्डेले ठेक्का सदर गरेलगत्तै व्यवसायी सन्तोष मरासिनीले ठेक्का मिलेमतेमा भएको र बदर गराउन निवेदन समेत दिएका थिए तर पाण्डेले दर्ता गर्न दिएनन् ।

लगत्तै जिल्ला बन पैदावार समितिले ठेक्का बदर गर्न तिलौराकोट साझेदारी बन र डिभिजन बनमा समेत जानकारी र पत्राचार गरेको सचिव कल्याण टण्डनले बताए ।

“यसलाई बदर गर्नुपर्छ भन्ने हाम्रो माग छ” उनले भने । साझेदारीले दिएको टेन्डर फारममा कटान, मुछान, ढुवानी तथा घाटगद्धीका लागि छुट्टाछुट्टै विवरण भरेर ठेक्का दाखिला गर्नुपर्नेमा समेत हतार हतारमा स्वीकृत ठेक्कामा केहि न खुलाइएको हुदा स्वतः बदर हुनुपर्ने व्यवसायीको माग छ ।

यसै गरि एउटै डिभिजन बन कार्यालय अन्र्तगतको मायादेवी साझेदारी बनले ५ किमी क्षेत्र भित्रको प्लट कटान,छपान, ढुवानी र घाटगद्धिका लागि मोर्डन काष्ठ उद्योगलाई ७० रुपैया क्यूफिटमा ठेक्का दिएको छ तर त्यहि दुरी र त्यहि कामका लागि तिलौराकोटले १ सय २० रुपैया व्यवसायीलाई दिनुले पनि अनियमितताको आशंका देखिएको समूहकै सदस्यहरु बताउछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu