Connect with us
Kapilvast Forest

‘फोटो फिरिममा’को चाइल्ड भर्सन ल्याउने तयारीमा शिशिर

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं -चर्चित गीत ‘फोटो फिरिममा’ अब चाइल्ड भर्सनमा पनि आउने भएको छ । यस गीतका गीतकार तथा संगीतकार शिशिर भण्डारीले चाइल्ड भर्सन ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । भिडियोको कन्सेप्ट तयार पारिसकेका शिशिरले अहिले गीतलाई सुहाउने स्वर भएको बाल प्रतिभा खोजिरहेका छन् ।

२२ महिनाअघि रचना रिमालको स्वरमा सार्वजनिक ‘फोटो फिरिममा’ गीतलाई स्रोता-दर्शकले निकै रुचाएका थिए । अहिलेकी लोकप्रिय गायिका रचनाको पहिलो चर्चित गीत पनि हो, ‘फोटो फिरिममा’ । यो गीत सार्वजनिक भएपछि उनलाई एकपछि अर्को गीत गाउने अवसर मिलेको थियो । रचनाको स्वरमा सार्वजनिक ‘फोटो फिरिममा’लाई युट्युबमा अहिलेसम्म १ करोड ४० लाख बढी पटक हेरिएको छ ।

अहिले उनले फेसबुकमा एक स्टाटस लेखे, ‘फोटो फिरिममा चाइल्ड भर्सनमा’ भनेर । जसमा अधिकांशले बाल गायिका पूजा देवकोटाको नाम सिफारिस गरेका छन् । कतिले ‘द भ्वाइस किड्स’का फाइनल प्रतिस्पर्धी सुप्रिम मल्लको नाम समेत सिफारिस गरेका छन् ।

शिशिरले  भने, ‘गीतमा बच्चाकै आवाज सुनिनुपर्छ । पूजालाई गाएर पठाउन भनेको छु, हेरौं उनको स्वर म्याच गर्छ वा गर्दैन । अन्य बाल प्रतिभाहरुको स्वर पनि सुन्छु ।’ ‘द भ्वाइस किड्स’का बाल प्रतिभाहरुको पनि स्वर समावेश हुन सक्ने उनले बताए । पछिल्लो समय विभिन्न प्लेटफर्ममार्फत बाल प्रतिभाहरु आइरहेको हुनाले उनीहरुसँग जोडिएर काम गरौं भन्ने सोचअनुसार चाइल्ड भर्सन ल्याउन लागेको उनी बताउँछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu