Connect with us
Kapilvast Forest

गृहमन्त्री खाणले सात वर्षअघि उद्घाटन गरेको पुल अझै अलपत्र

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

 

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले ७ वर्ष अगाडि तामझामका साथ उद्घाटन गरेको रुपन्देहीको मायादेवी र सियारी गाउँपालिकाको सीमानामा पर्ने कालिकाघाटमा निर्माणाधीन पुल अलपत्र परेको छ ।

 

लुम्बिनीलाई जोड्ने गरी वाइपास सडक सञ्जालको रुपमा बनाउन लागिएको पुल अलपत्र बनेको हो । २०७२ सालमा ठेक्का सम्झौता भएको पुलको काम बीचमै रोकिएको छ ।

पुल निर्माणको काम सुरु भएपछि सडक सञ्जालमा जोडिने आशा गरेका स्थानीय अहिले पुल नबन्दा निराश बनेका छन् । आधाजस्तो काम भएको बेला खोलाले बगाएपछि ठेकदारले काम गर्न छोडेको थियो । सोही कारण पुल अलपत्र परेको सियारी गाउँपालिका वडानम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद थापाले बताए ।

२०७४ मा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी निलगिरी कन्ट्रक्सन काठमाण्डौसँग ७ करोडमा २०७२ मा सम्झौता भएको सियारी गाउँपालिकाका वडासदस्य कृष्ण देवकोटाले जानकारी दिए ।

वडासदस्य देवकोटाका अनुसार निकै तामझामका साथ वर्तमान गृहमन्त्री तथा कांगे्रस नेता वालकृष्ण खाँणले २०७२ मा शुभारम्भ गरेका थिए । मायादेवी २ र सियारी गाउँपालिका ४ को धनसराको कालिकाघाटमा बन्दै गरेको पुलको पिल्लर उठाएर छोडिएको छ । जसका कारण बनाइएको उक्त पुलका विमहरु जीर्ण बनेका छन् । पिल्लर बनाउन प्रयोग गरिएका छडमा खिया लागेको छ ।

समयमा पुल नबन्दा एक गाउँबाट अर्को गाउँमा जान समय लाग्ने र वर्षातको समयमा खेतीपाती स्याहार्न समस्या भएको स्थानीय सन्जय मल्लले बताएका छन् ।

 

अर्को पुल थपिँदै तिनाउमा

केही वर्षयता तिनाउ र दानव नदी क्षेत्रका विभिन्न ठाउँमा धमाधम पुल बनिरहेका छन् । पछिल्ला तीन वर्षमा ७ वटा पुल बनेका छन् ।केही संघीय सरकारको लगानी केही स्थानीय सरकारको लगानीमा पुल निर्माणको कामले यहाँ तीव्रता पाएको छ ।

पछिल्लो समय तिलोत्तमा नगरपालिकाको वडानम्बर ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिकाको तिनाउ पश्चिम रहेको वडानम्बर १७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० करोड ६४ लाख लागतमा पुल निर्माण सुरु भएको हो । प्रिस्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फुटपाथका लागि छुट्टाइएको छ ।

दुई सय मिटर लम्बाईको उक्त पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आउजाउमा निकै सहज हुने तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताएका छन् ।

पुलको निर्माणको ठेक्का शर्मा–सगुन जेभीले लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुशील बुढाथोकीले तोकिएको समयभन्दा अघि नै पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu