Connect with us
Kapilvast Forest

७८ पटक कोरोना परीक्षण गर्दा पनि पोजेटिभ 

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

 

एजेन्सी-टर्कीका एक क्यान्सर बिरामी मुजफ्फर कायासनको ७८ पटकसम्म कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको छ ।एउटै व्यक्तिको धेरै पटक पीसीआर परीक्षण गर्दा पोजेटिभ ‌आउनु विश्वमै पहिलो घटना भएको चिकित्सकहरु बताउँछन् । उनी क्यान्सरबाट पिडित भएका कारण पनि लगातार भाइरसको संक्रमण भएको चिकित्सकको भनाइ छ ।

५६ वर्षीय मुझफ्फर आफ्नो यो अवस्थाबारे ठट्टा गरिरहन्छन्। उनी नोभेम्बर २०२० देखि अस्पतालमा छन् । कायसनलाई आफ्नो मनोबल उच्च भएकोले क्यान्सरसँग लड्ने क्रममा कोभिड संक्रमणविरुद्ध पनि लड्न सक्ने उनलाई विश्वास छ ।

 

उनले कोभिड–१९ पोजेटिभ भएका कारण नातिनी अजरा लगायत आफ्नो परिवारबाट ४४१ दिन अलग्गै बिताएका छन्।सामान्यतया, कोभिड संक्रमण भएका व्यक्तिहरूको पाँच दिन पछि परीक्षण गर्दा नेगेटिभ आउँने गर्छ तर कायसनले १४ महिनासम्म परीक्षण गर्दा पनि पोजेटिभ नै देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

पछिल्लो पटक पीसीआर परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनले भने ‘मलाई लाग्छ कि यो कोभिडको महिला संस्करण हो । उनी मसँग पागल भइन् ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu