Connect with us
Kapilvast Forest

ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

 काठमाडौं – ललितपुर महानगरपालिकामा कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाइँदै छ ।महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई सोमबार र मंगलबार बुस्टर डोज खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ । यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ ।खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउनक लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu