Connect with us
Kapilvast Forest

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं-देशका विभिन्न भागमा भएका दुर्घटनामा १० जनाको मृत्यु भएको छ । बैतडी, धनुषा, मकवानपुर, ईलाम, ललितपुर र लुमजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

 

बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा बा.३ ख ४८७९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । टिपरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय जनक राज पन्त लगायत ३ जनाको घटनास्थलमै र १२ वर्षीय राजेन्द्र प्रसाद पन्तको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनालाई थप उपचारको लागि नोभा अस्पताल धनगढी पठाइएको छ । दुर्घटनामा घाइते भएका ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीस्थित सडकमा मे.१ ज ३०१८ नम्बरको टाटा सुमो र प्रदेश २-०२-००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय मनिष बिक र शहिदनगर नगरपालिका-१ बस्ने १९ वर्षीय महेश कुमार सहनी रहेका छन् । ईलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा मनिषको बाटोमै र महेश कुमारको उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको ईन्द्रशरोबर गाउँपालिका-२ सुकौरास्थित सडकमा बा.५७ प ८५७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुदाँ मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै ईलामको इलाम नगरपालिका-१० घट्टास्थित सडकमा ना.४ ख ६२४८ नम्बरको बस आफैँ अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार बारा सिम्राहागण नगरपालिका-७ बस्ने ३५ वर्षीय प्रदिप कुसुवाहको गाडीले च्याप्पीएर घटनास्थलमै मृत्यु भएको छ । गाडीमा ४४ जना सवार रहेकोमा दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ४० वर्षीय धुरुप कुसुवाह समेत ४ जनामध्ये ३ जना स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनालाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका-१५ एन्फा नजिक सडकमा प्रदेश ३-०१-०२४ च ४१४७ नम्बरको गाडी आफैँ अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गाडीमा सवार माहांकाल गाउँपालिका-३ गोटिखेल घर भएका ६६ वर्षीय सन्त प्रसाद तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारको लागि बिएण्डबि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता लमजुङको दोर्दी गाउँपालिका-६ ताजेस्थित निर्माणाधिन सुपरदोर्दी हाईड्रोपावर सुरुङभित्र जाँदै गरेको मसला बोक्ने ट्रान्जिट मिक्चर अप्रेट गाडीमा फलामको रड अचानक खसेर लाग्दा चालक चितवन मेघौली बस्ने ३६ वर्षीय ईश्वर पुलामी मगरको गएराति मृत्यु भएको छ । चोट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बेसिशहरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै फलामले लागेर घाइते भएका मिक्चरका अर्का चालक कैलाली जोसिपुर नगरपालिका-७ बस्ने २१ वर्षीय दिपेश दगौडा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu