Connect with us
Kapilvast Forest

विद्यालय जाने उमेरमा परिवार संगै इटा उद्योगमा इटा बनाउदै

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

 कपिलवस्तु –७ बर्ष सकिल बिहानै बाट काचो माटो संग खेल्छन । उनको विहानी नै हिलो माटो संग सुरु हुन्छ । हिलो माटोलाई डल्लो बनाएर इटा बनाउने साचोमा हाल्छन र इटाको आकार बनाउछन । उनी इटा बनाउन पोख्त छन । भारतबाट परिवार संगै इटा उद्योगमा आएका उनी परिवार संगै इटा बनाउने काम गर्छन ।

 

भारतको बरेलीबाट रोजगारीमा आएका उनका सबै परिवारका सदस्यहरुले कपिलवस्तुको फाइब स्टार इटा उद्योगमा इटा बनाउने काम गर्छन । परिवारका अन्य सदस्य संगै सकिल पनि दिन भरी नै इटा बनाउने काम गर्छन । बालबालिकालाई श्रममा लगाउन नपाइने भए पनि जिल्लाका अधिकाशं इटा उद्योगहरुमा परिवार संगै आएका श्रमिकका बालबालिकाहरु पनि इटा बनाउने काम गर्दछन ।

 

जिल्लाको शिवराज नगरपालिकामा रहेका फाइब स्टार इटा उद्योग, लोकप्रिय इटा उद्योग र पन्चकन्या इटा उद्योगमा विद्यालय जाने उमेरका बालबालिकाहरु इटा बनाउने काम गर्दछन । सरकारले बालबालिकाले बालबालिकालाई काम लगाउन नपाइने प्रावधान बनाएको भए पनि इटा उद्योगहरुमा सरकारको नियम र प्रावधानलाई मिच्दै बालबालिकालाई इटा बनाउने काममा लगाइएको पाइएको छ ।
खास गरी भारतिय श्रमिक परिवारका बालबालिकाहरु मज्दुरका रुपमा प्रयोग भएका छन । भारतको बरेलीबाट सपरिवार नै मज्दुरीका लागि आएका अम्जद खानका १६ बर्षे छोरा मोहम्द करम खान र १५ बर्षे रुक्सान खान आफ्नो परिवार संगै लोकप्रिय इटा उद्योगमा काम गर्दै गरेको भटिए । करम खानले भारतमा नै अध्ययन गर्ने भए पनि परिवार संगै रोजगारीका लागि आएका उनी अहिले अध्ययन छाडेर इटा बनाउने काम गरिरहेका छन । सबै परिवार रोजगारीका लागि घर छाडेर आउनु पर्ने हुदाँ छोरा छोरीलाई पनि संगै ल्याएको उनका बुबा अमजद खानले बताए ।

 

इटा उद्योगमा काम गर्ने भारतिय श्रमिकका बालबालिका केहिले भारतमा घरमा हुदाँ विद्यालय जाने गरेको भए पनि सपरिवार नै श्रमका लागि नेपाल आइ इटा उद्योगमा काम गर्दा भने उनीहरुले पढ्न नपाउने दिनभरी आमाबुबा संग इटा बनाउने काम गर्ने गरेको खानले बताए ।
दलित मानव अधिकार निगरानी समिति र विश्व शिक्षाको साझेदारीमा सक्रिय परियोजनाले गरेको इटा उद्योगको अनुगमनका क्रममा बालबालिकाले इटा उद्योगमा काम गरिरहेको पाइएको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । इटा उद्योगमा काम गर्ने मज्दुरका बालबालिकालाई मज्दुरका रुपमा प्रयोग गर्न नपाइने अधिकारीले बताउनु भयो । इटा उद्योग रहेका श्रमिक बालबालिकाको शिक्षाका लागि उद्योगीहरु संग पहल गरिने र बालबालिकालाई काम लगाएको अर्को पटक भेटिए उद्योग नविकरण नगरिने अधिकारीले बताउनु भयो ।
इटा उद्योगका श्रमिकका बालबालिकाको शिक्षाका लागी काम गर्दै आइरहेको दलित मानन अधिकार निगरानी समिति अध्यक्ष मिना परियारले इटा उद्योगमा काम गर्ने श्रमिकका बालबालिकाहरुको शिक्षाको विषयमा सरोकारवाल निकायले ध्यान दिनु पर्ने बताउनु भयो । अहिले कपिलवस्तुको ३ स्थानिय तह शिवराज नगरपालिका, महाराजगंज नगरपालिका र बुद्धभूमि नगरपालिकामा रहेका इटा उद्योगहरुमा ७ सय ७४ बालश्रमिक रहेको बताउनु भयो । इटा उद्योगमा रहेका बालबालिकाको शिक्षाको लागि दलित मानव अधिकार निगरानी समिति र विश्व शिक्षा साझेदारीमा सक्रिय परियोजनाले बालबालिकाको डाटा संकलन गरिरहेको र उनीहरुको शिक्षाका लागि सहयोग गरेको परियारले बताउनु भयो ।

 

इटा उद्योगमा रहेका बालबालिकाको शिक्षाका लागी व्यवसायि स्थानिय तह र यस क्षेत्रमा काम गर्ने संघसंस्थाले पहल गरी उनीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गर्नु पर्ने शिवराज नगरपालिका वडा नं. १० का अध्यक्ष मन्जु मिश्रले बताउनु भयो ।
इटा उद्योगमा परिवार संगै रहेका बालबालिकाहरुको शिक्षाका लागि सरोकार वाला सबैले ध्यान दिन जरुरी रहेको छ । मौषमी रुपमा आउने भारतिय श्रमिकका बालबालिकाको शिक्षाका लागि उद्योगी, सम्बन्धित सरोकारवाला संघ संस्था र स्थानिय तहले निति बनाएर कार्यक्रम लागु गर्ने हो भने श्रमिकका बालबालिकाले पनि शिक्षा पाउने थिए कि ?

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu