Connect with us
Kapilvast Forest

शिवराज ५ को वडा अध्यक्ष पदमा युवा नेता पौडेलको चर्चा

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

 

 

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटाका युवा व्यवसायी , समाजसेवी तथा एकीकृत समाजवादी पार्टिका युवा नेता सरोज पौडलको वडा अध्यक्षको पदका लागि चर्चा चलेको छ ।

शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. ५ अन्य वडा अध्यक्षको भन्दा वडा नं. ५ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ । विभिन्न पार्टीबाट यस वडाको वडा अध्यक्ष पदका लागी दर्जन बढी आकाक्षी छन् ।

अझ रोचक त एउटै पार्टीबाट आधा दर्जन भन्दा बढी यस वडाको अध्यक्ष पदका लागी आकाक्षी देखिएका छन् । नगरको एक मात्रै ठुलो बजार पूर्व पश्चिम राजमार्गमा अवस्थित वडा । अनि वडामा नै नगरको प्रशासनिक कार्यालय रहनुले पनि यस वडाको अध्यक्ष पदमा धेरैको नजर टिकेको छ ।

दर्जन भन्दा बढी आकांक्षीहरूको भिडमा अहिले शिवराज नगरपालिकाको केन्द्र वडा नंं ५ को अध्यक्ष पदमा सरोज पौडेलको नाम चर्चामा रहेको छ । युवाहरू माझ परिचित र प्रिय भएकै कारण पनि उनको बढी चर्चा भएको हो ।

वडा अध्यक्ष पदको आकाक्षीहरु मध्ये बढी नै चर्चामा रहेका छन पौडेल । एक त युवा , युवाहरुको निकै मनपसन्द व्यक्ति ।पौडेलले २०६१ सालबाट एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु कपिलवस्तुको जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका हुन । २०६२ सालमा नेकपा एमालेको सङ्गठित सदस्यता पाएका पौडेल २०६५ मा शिवपुर गाउँ कमिटीको सचिव पदमा रहेर काम गरे । २०६७ सालमा क्षेत्रीय कमिटी सदस्य हुँदै क्षेत्रीय सचिव भएर जिम्मेवारी पुरा गरेका छन् ।

२०७८ मा नेकपा एमाले विभाजन पश्चात् पौडेल एकीकृत समाजवादीको कपिलवस्तु जिल्ला सचिवालय ,कपिलवस्तु युवा इन्चार्ज,सङ्गठन विभाग सदस्य तथा शिवराज नगर कमिटी अध्यक्ष पदमा छन् ।पौडेल विभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय रूपमा देखिएका छन् ।

चन्द्रौटामा रहेको राईजिङ स्टार क्लबका अध्यक्ष शिवराज जेसिजका अध्यक्ष,सामुदायिक रेडियो भ्वाइसका अध्यक्ष,अरनिको सहकारीका सचिव रहेर सामाजिक क्षेत्रमा काम गरिसकेका छन् भने हाल उनी नेपाल आदर्श बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य र अर्घाखाँची सितगंगा सेवा समाजको सचिव पदमा रहेका छन् ।

सानै उमेर देखि सामाजिक काममा लागेका पौडेल सरल स्वभावका सबैसँग मिलनसार रहेकोले उनलाई राजनीतिमा होमिन समर्थकहरू दबाब छ । पछिल्लो समय युवा क्लब,वालक्लव तथा किशोर किशोरीहरुका लागि धेरै काम गरेका छन । शिक्षा संकाय वाट स्नातकोत्तर अध्यापन गरेका पौडेल ०६८ सालमा सुन्दरी डाँडामा १ वर्ष शिक्षण पेसामा समेत आबद्ध भए । पछिल्लो समय वडा तथा नागरिकहरूसँग भेटघाटमा व्यस्त रहेको बुझिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu