Connect with us
Kapilvast Forest

नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ शिवराजको अध्यक्षमा थामी चयन

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट जनवर्गीय संगठन नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको नगर स्तरीय भेला तथा अधिवेशन सम्पन्न गरिएको छ । शनिबारको भेला तथा अधिवेशनबाट प्रदीप थामी मगरको अध्यक्षतामा २७ सदस्यीयसहितको नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको कमिटी चयन गरिएको आयोजकले जनाइएको छ ।
जसको उपाध्यक्षमा माधवराज थारु, सचिवमा खेमराज थापा मगर, सह–सचिवमा गुञ्जा थारु र कोषाध्यक्षमा कृष्ण कुमारी राना मगरलाई चयन गरिएको नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष कृष्ण बहादुर सोमैले जानकारी दिनुभएको छ । नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ प्रदेश सचिवालय कमिटी सदस्य जञ्जीर प्रसाद थारुले पार्टीलाई बलियो बनाउन र अब आउने निर्वाचनमा लोकतान्त्रिक आदिबासी जनजातिको महासंघको महत्वपूर्ण रहेको बताउँदै आदिबासी जनजातिहरुको कला, सँस्कृति र पहिचान जोगाउन लाग्नुपर्ने बताउनुभयो ।
उहाँले हाल देशको राजनीति अवस्था र समसमायिक गतिविधि तथा क्रियाकलापको विषयको बारेमा प्रकाश पार्नुभयो । सबैले विभिन्न माध्यमबाट पार्टीमा आबद्ध भई सक्रियतापुर्वक लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नवगठिन कमिटीका पदाधिकारीहरुलाई शुभकामना दिँदै सबैलाई एकताबद्ध हुन अनुरोध गर्नुभयो । यसैबीच नेकपा एमाले जिल्ला उप–सचिव अर्जुन कुमार केसीले आदिबासी जनजातिलाई हरेक क्षेत्रमा सहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अन्य समुदायमासमेत नेतृत्व गर्न सक्ने क्षमताको विकास गराउनुपर्नेमा जोड दिनुभयो । एमाले जिल्ला कमिटी सदस्य कुमारी थारुले समुदायलाई गोलबद्ध गर्न सकेमा कसैले पनि हराउन नसक्ने बताउनुभयो ।
उहाँले सबैको आ–आफ्नो भाषा, सँस्कृतिको छुट्टै पहिचानको भएका बताउँदै यसलाई बचाई राख्ने जरुरी रहेको बताउनुभयो । यस्तै नेकपा एमाले शिवराज नगर अध्यक्ष जगत पौडेलले अन्य पार्टीको तुलनमा एमाले देशको समृद्धि र विकासको लागि हरेक कार्य योजनालाई भिन्न तरिकाले बनाएको बताउनुभयो । उहाँले नेकपा एमालेको केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वको विकासको भिजनले छोटो समयमा देशको समृद्धि सराहनीय परिवर्तन आएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले शिवराज नगर उपाध्यक्ष महादेव पोख्रेलले एमाले पार्टीले सबैको हकहितमा राष्ट्रको रक्षा गर्ने, गरिब जनता र सर्वहारा वर्गको पक्षमा सधैँ वकालत गर्ने पार्टी भएको जिकिर गर्नुभयो । कार्यक्रमलाई नेकपा एमाले जिल्ला सदस्य मञ्जु चौधरी, नेकपा एमाले जिल्ला कमिटी सदस्य उमा शंकर चौधरी, आदिबासी जनजाति महासंघ जिल्ला कमिटीका सदस्य कुल बहादुर सोमै लगायतले सम्बोधन गर्नुभएको थियो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu