Connect with us
Kapilvast Forest

कपिलवस्तु जेसिजको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तु जेसिज बर्ष-२०२२ ले आज फाल्गुन १४ गते शनिबारको दिन सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत बाणगङ्गा-४ स्थित बाणगङ्गा क्लिनिक प्रालिमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सप्पन्न गरेको छ।बाणगङ्गा क्लिनिकमा भएको उक्त कार्यक्रम मा स्वास्थ्य जाच बिशेषगरि हाडजोर्नी नसा तथा बाथ रोगका बारेमा निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको छ।

कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलको अध्यक्षता मा कपिलवस्तु जेसिजका कोषाध्यक्ष जेसि कमल घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद बिष्णु पन्थी ज्युको प्रमुख आतिथ्यता तेस्तैगरि वडा अध्यक्ष गणेश छेत्री र ट्रमा सर्जन डा.लक्ष्मण शर्माको बिशिस्ट आतिथ्यता र कपिलवस्तु जेसिजका निवर्तमान अध्यक्ष जेसि भिम भट्टराई,बाणगङ्गा क्लिनिकका संचालन प्रबिन पौडेल समाजसेवी एवम महिला नेतृ सुमित्रा घिमिरे समाजसेवी राजन पाण्डे युनिटी हेल्थ क्लिनिकका संचालक बिजय आचार्य लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन भएको छ।

कार्यक्रममा स्वागत मन्तव्य कपिलवस्तु जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि अमृत घिमिरेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कपिलवस्तु जेसिजका उपाध्यक्ष जेसि सुनिल पाण्डे ज्युले जेसिज आस्था पाठ पढनुभएको थियो। कार्यक्रमको उदघाटन प्रमुख अतिथिको स्वास्थ्य परिक्षण गरि गरिएको थियो।कार्यक्रमको संचालन कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद पन्थिले कपिलवस्तु जेसिजले राखेको शिविर बाट यस छेत्रका जनताले विशेषज्ञ सेवा पाएकोमा खुसी ब्यक्त गर्दै यस छेत्रमा उच्च स्तरको स्वास्थ्य सुबिधा नभएकोमा यस्ता शिविरबाट पनि सयौं ले लाभ लिन सक्ने बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो।

 

यता बिशिस्ट अतिथि वडा अध्यक्ष गणेश छेत्रीले कार्यक्रमले यस छेत्रका जनताले विशेषज्ञ सेवा लिन बुटवल जानुपर्दा दु:ख भएको बताउदै विशेषज्ञ डाक्टरहरुले ग्रामीण छेत्रमा समेत आइ आफ्नो सेवा दिनुपर्ने बताउदै कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो।कार्यक्रममा अर्का बिशिस्ट अतिथि डा.लक्ष्मण शर्माले आफुलाई जेसिजले सेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा कपिलवस्तु जेसिजका निवर्तमान अध्यक्ष जेसि भिम भट्टराई ज्युले मन्तब्य राख्दै कार्यक्रम सफल रहोस र आगामी दिनमा पनि जेसिजले सामाजिक छेत्रमा उल्लेख कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभएको थियो।

 

त्यस्तै कार्यक्रममा क्लिनिकका तर्फबाट धन्यवाद मन्तव्य राख्दै क्लिनिक संचालक प्रबिन पौडेलले राख्दै कपिलवस्तु जेसिजले सामाजिक छेत्रमा काम गर्दै गर्दा क्लिनिकलाई रोजेकोमा धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रममा करिब ८० माथी बिरामिहरुले हाडजोर्नी नशा तथा बाथ रोग सम्बन्धि सेवा लिएका छन। कार्यक्रममा कपिलवस्तु जेसिज बर्ष-२०२२का बोर्ड, बिरामी लगायत यस छेत्रका महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu