Connect with us
Kapilvast Forest

शिवराज ७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । जवाभारी मैदान वडा अध्यक्ष अनुप कुमार चौधरीले रिबन काटेर खेलको शुभारम्भ गर्नु भएको हो ।

वडाका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो । खेलकुदबाट वडाको पहिचान बढाउन यस्ता किसिमका कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो । १९ वटा टिम सहभागि प्रतियोगिता ९ दिन सम्म संचालन हुने अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

 

प्रतियोगितामा खेलाडीहरुलाई अनुशासित भइ खेल खेल्न आग्रह गर्दै खेलाडीहरुको पहिचान नै अनुशासन भएको बताउनु भयो । वडाको आयोजनामा आयोजित प्रतियोगितामा अध्यक्ष कपको पुरस्कार १५ हजार रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu