Connect with us
Kapilvast Forest

रुससँग शान्ति वार्ताका लागि बेलारुस पुग्यो युक्रेनी प्रतिनिधिमण्डल 

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौँ – रुससँग शान्ति वार्ताका लागि युक्रेनी अधिकारी बेलारुसको सीमा क्षेत्रमा पुगेका छन् । युक्रेनको राजधानी किभस्थित बीबीसी संवाददाता अब्दुजलिल अब्दुरासुलोभका अनुसार रुसको प्रस्तावअनुसार युक्रेनी प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुसको सीमास्थल पुगेको हो ।

 

रुस-युक्रेन वार्ताका लागि बेलारुसमा तयार वार्तास्थल । तस्बिर : बेलारुसको विदेश मन्त्रालय
यसअघि बेलारुसले वार्ताका लागि स्थान तय भएको जानकारी दिएको थियो । वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने रहेको छ ।

 

यसअघि लजिस्टिक र सुरक्षाका कारण रुससँगको वार्ता सारिएको युक्रेनी अधिकारीले जनाएका थिए । आइतबारको सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट समस्या समाधान हुने आफूलाई आश नरहेको बताएका थिए । तर उनले युक्रेनले युद्ध अन्त्यका लागि पहल नगरेको आरोप नलागोस् भनेर शान्ति स्थापनाका लागि पहल भने गरिराख्ने जनाएका थिए ।

युक्रेनमाथि रुसी आक्रमणको ५औं दिनमा वार्ताको कुरा आएको हो । बेलारुसको विदेश मन्त्रालयले पनि सोमबार सामाजिक सञ्जालमा रुस र युक्रेनको झन्डासहितको टेबलको तस्बिर सार्वजनिक गर्दै लेखेको थियो, ‘रुस र युक्रेनबीचको वार्ताका लागि बेलारुसमा स्थान तयार भएको छ । प्रतिनिधिमण्डल आउनेवाला छन् ।’ बेलारुसको विदेश मन्त्रालयका प्रवक्ता ऐनातोली ग्लेजले भनेका छन्, ‘बैठकस्थलमा प्रतिनिधिमण्डल पुगलगत्तै वार्ता सुरु हुने छ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu