Connect with us
Kapilvast Forest

महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी सबै तयारी पूरा

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

 

 

काठमाडौं । मंगलबार महाशिवरात्रि पर्वको अवसरमा विशेष ट्राफिक योजना तयार पारिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा हुने महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको हो ।

पशुपति क्षेत्रमा हुने भक्तजन एव दर्शनार्थीको भीडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाको भनाइ छ । धेरै टाढा टाढाबाट भक्तजन आउने हुनाले उनीहरुको सुविधाका लागी निर्वाध आवतजावतको व्यवस्था मिलाइएको ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने प्रहरीले जनाएको छ ।

महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एव प्रभावकारी बनाउन करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने महाशाखाले जनाएको छ । महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हँुदै अन्यत्र जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu